२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब पूर्वयुवराज पारस पशुपति मन्दिर परिसरमा झाडु लगाउन आए…



अ+ अ-

पूर्वयुवराज पारस शाह हिजो (शनिबार) भिन्न रूपमा पशुपतिनाथ मन्दिर परिसरमा देखिए । गाडी चढेर पशुपतिनाथ मन्दिर पुगेका शाह त्यहाँ सरसफाइ कार्यक्रममा सरिक भएका हुन् । सरसफाइ अभियानका अभियान्ता केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए । पारसलाई माला लगाईदिएर अभियान्ता खनालले स्वागत गरेका थिए । अभियान्ता खनालले शाहलाई धेरैपटक कोशिस गरेर सरसफाइ कार्यक्रमसम्म ल्याउन पाएको पनि बताए।

‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं। सरसफाइका लागि पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो।’ उनले मातृभूमिलाई बचाउनुपर्ने समय रहेको पनि बताए। ‘मातृभूमिलाई बचाउनुपर्ने समय छ। लड्नका लागि झाडु छ। बाटो होइन मनको सफाइका लागि झाडु लगाउनुपर्ने छ,’ खनालले भने।अभियान्ता खनालले पारसलाई पनि केही शब्द राख्न अनुरोध गरे तर उनी बोल्न चाहेनन् ।

लगत्तै उनले सरसफाइ अभियन्ताहरूसँग फोटो खिचाए। फोटो खिच्ने क्रममा शाहले ब्यानर पनि चाहिन्छ भनेका थिए। पूर्वयुवराज शाह पशुपति परिसरमा सरसफाइमा जुट्दा खुसी देखिन्थे।