९ श्रावण २०८३, शनिबार
,
Latest
आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सभापतिको हस्ताक्षरमा चुनाव लडिँदैन, विशेष महाधिवेशन अनिवार्यः गगन थापा



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले आगामी निर्वाचन वर्तमान सभापतिको हस्ताक्षरमा नलड्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्– ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनेः होइन।’

थापाले पार्टी संरचनाअनुसार अब विशेष महाधिवेशन अनिवार्य भइसकेको उल्लेख गर्दै भनेका छन्, “विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुनेछ।”

उनका अनुसार नयाँ सभापति चयन भएपछि नै पार्टीको आधिकारिक हस्ताक्षर र नेतृत्वसहित परिमार्जित निर्णय निर्वाचन आयोगमा बुझाइनेछ । उनले थपे, “नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।”

महामन्त्री थापाले पार्टीभित्र विशेष महाधिवेशनबारे भइरहेको अलमलका विषयमा कटाक्ष गर्दै भनेका छन्, “यही कारण हो, हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौँ।”

उनले लेखेका छन्ः

बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?
मैले भनेः होइन।

साथीहरूले फेरी सोध्नुभयो कसरी ?
मैले भनेः प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।

यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं।