१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

जापानी सम्राट नारुहितोको जन्मोत्सवमा गोदावरीमा ‘साकुरा’ रोपियो

जापानी सम्राट नारुहितोको जन्मोत्सवमा गोदावरीमा ‘साकुरा’ रोपियो
अ अ+ अ-

काठमाडौं । जापानका नयाँ सम्राट नारुहितोको जन्मोत्सवको अवसर पारेर जापानमा उच्च शिक्षा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीहरुको संगठन ‘जुआन’ ले एक कार्यक्रमको आयोजना गरि ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा जापानी राष्ट्रिय फूल ‘साकुरा’को विरुवा रोेपेको छ । जापानी सम्राट नारुहितोको जन्म २३ फेब्रुअरी सन् १९६० मा जापानमा भएको थियो भने उनले गतवर्ष सन् २०१९ को मे १ देखि जापानको राजगद्धी सम्हालेका थिए ।

उनी युवराज छँदा नेपाल आएका थिए । नेपालका लागि जापानी राजदूत मासामिची साइगो तथा उनकी धर्मपत्नि साइगो, वन तथा वातावररण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली, जापानी राजदूतावासका प्रथम सचिव डा. युरिको आकियामा, वनस्पति विभागका महानिर्देशक धनन्जय पौडेल, जुआनका अध्यक्ष डा. प्रेमप्रसाद पौडेल, उपाध्यक्ष डा. पवन भट्टराई लगायतले वनस्पति उद्यानमासाकुराको ५ वटा विरुवा रोपेका थिए ।

साकुरा रोपण समारोहलाई सम्वोधन गर्दै जापानी राजदूत साइगोले जापानका निवर्तमान सम्राट अकिहितोसन् १९७५ ताका राजकुमारको रुपमा नेपाल आउँदा उहाँले राष्ट्रिय वनस्पति उद्यानमा रोपेको ‘साकुरा’को स्मरण गर्दै नेपाल र जापानवीचको परम्परादेखिको सम्वन्ध प्रगाढ रहेको बताए । जुआनले गर्दै आएको विविध गतिविधिको पनि राजदूत साइगोले प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओलीले जापान सरकारले नेपालको वन तथा वातावरण संरक्षणको लागि विगतदेखि गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगको प्रशंसा गरे ।

जुआनका अध्यक्ष डा. प्रेमप्रसाद पौडेलले जुआनका गतिविधिबारे प्रकाश पार्दै संस्थाले नेपाल जापानवीचको शैक्षिक र सामाजिक सम्वन्धलाई जनस्तरसम्म लैजाने प्रयास गरिरहेको बताए ।त्यस अवसरमा जुआनका संस्थापक सदस्य हरेन्द्रबहादुर वरुवा लगायत जुआनका वर्तमान तथा पुर्व पदाधिकारीहरुको सहभागिता थियो । साकुरा वृक्षारोपणपछि राजदूत साइगोलगायतका विशिष्ट व्यक्तित्वहरुले उद्यानको अवलोकन समेत गरेका थिए ।