२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिए



अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्।

सोमबार बिहान करिब ११स्३० बजे घाँस काट्न गएका स्थानीयले रुखमा झुन्डिएको अवस्थामा रहेका उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार मृतकहरूको नाम, थर र ठेगाना खुल्न बाँकी छ। प्रहरीका अनुसार युवकको उमेर करिब २१ वर्ष र युवतीको उमेर करिब २० वर्षको अनुमान गरिएको छ।

घटना जानकारी प्राप्त भएपछि इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा प्रारम्भिक कार्य सुरु गरेको थियो। सोही क्रममा थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा पाँच जनाको अर्को टोली पनि जिल्लाबाट पठाइएको डीएसपी बुढथापाले बताए।

प्रहरीले घटनाको प्रकृति, कारण र अन्य तथ्याङ्क पता लगाउने कार्य जारी रहेको र शवलाई आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाइएको जनाएको छ।