२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनटेष्ट जिप दुर्घटनामा पर्यो, एकको मृत्यु, तीनको अवस्था गम्भीर



अ+ अ-

बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको जिप बैतडीमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको घटना स्थलमै मृत्यु भएको छ । जिपमा सवार छ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । धनगढीबाट दार्चुला जादैं गरेको अनटेष्ट (१२५७) जिप आईतबार राति २ः१५ बजे बैतडीको पाटन नगरपालिका –६, पन्त्यौडा नजिक खोलामा २५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका –४, का ३५ वर्षिय जिप चालक धनसिंह बडाल रहेका छन् । गम्भीर घाईते हुने दार्चुला दुहु– गाउँपालिका–४ का हेमन्ती वम, हर्कसिह वडाल, सुरेन्द्र र वम रहेका छन् । गम्भीर घाईतेलाई बैतडीबाट रेफर गरिएको छ ।

जिपमा सवार प्रेम जोशी, धनराज जोशी, द्रोपती जोशी सामान्य घाईते भएका छन् । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार ईरहेको प्रहरीले जानकारी दिएको छ ।