१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको वन्ध्याकरण



अ+ अ-

काठमाडौँ । कार्तिक १४ गतेदेखि काठमाडौं महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरेको जनाएको छ ।

पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा वन्ध्याकरणको काम भइरहेको हो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेकाअनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ ।’ न्यौपानेले भन्नुभयो, ‘प्रक्रियामा पशुहरुलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई वन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’ 

अपरेसनपछि समुदायमा पुनःस्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको छ । कृषि तथा पशुपंक्षी विभागका पशु चिकित्सक डा. पूजा खनालकाअनुसार काठमाडौं पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नं. १६ मा ५६४ वटा र वडा नं. १५ मा ७८ वटा, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नं. ११ मा ७४ वटा र वडा नं. २८ मा १० वटा, मण्डला भेटिरिनरी अस्पतालले वडा न. ६ मा १७८ वटा, वडा नं. १० मा १५८ र वडा नं. ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।

स्नेहाज केयरले वडा नं. १२ मा ६२ वटा, वडा नं. १३ मा १०१ वटा र वडा नं. १४ मा १५६ वटा तथा पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपिसिए नेपाल) ले वडा नं १ मा ६२ वटा, वडा नं. ३ मा १३६ वटा र वडा नं. ४ मा १६० वटा गरी २ हजार ८३ कुकुरको वन्ध्याकरण गरिसकेका छन् ।

सामुदायिक कुकुरको वन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति २०८२ कार्तिक १३ गते सम्झौता गरी कार्तिक १४ गतेबाट नै कार्य गर्न महानगरले कार्यादेश दिएको हो ।