१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

कोरोनाले सुनसान नाम्चेबजार हिउँले भने सेताम्मे

कोरोनाले सुनसान नाम्चेबजार हिउँले भने सेताम्मे
अ अ+ अ-

बलराम प्यासी

काठमाडौं । विश्वको सर्वोच्चशिखर सगरमाथाको मुख्य प्रवेशद्वारको रुपमा चिनिने नाम्चे बजारमा एकहप्तादेखि लगातारहिउँ परिरहेको छ भने त्यहाँको तापक्रम यतिखेर माइनस १० डिग्री सेल्सियस रहेको स्थानीय प्रशासनले जनाएको छ । नाम्चेबजारबाट हिँडेर सगरमाथा पुग्न कम्तिमा १० दिनलाग्ने बताइन्छ । गृह मन्त्रालयअन्तर्गतको नाम्चे सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख अरुण सापकोटाका अनुसार कोरोना भाइरसको अनावश्यक हल्लाले गर्दा केही दिनदेखि सगरमाथाको आधार शिवीरसम्म ट्रेकिङ्गमा आउने/जाने विदेशी पर्यटकको संख्यामा पनि कमी आएको हो ।

‘अत्यधिक चिसोका कारण पर्यटक घटेका होइनन, कोरोनाको हल्लाले नेपाल भित्रिने पर्यटकको संख्या नै घटेपछि नाम्चेबजार हुँदै सगरमाथाको आधार शिवीर (फेदी)सम्मजाने पर्यटकको संख्यापनि घटेको हो’-प्रमुख सापकोटा भन्छन ‘यत्तिको चिसो र जाडो त यसअघि पनि हरेक वर्ष हुने रहेछ, तर पर्यटकको संख्या घटेको थाहा थिएन।’ नाम्चे बजारको उचाई समुन्द्र सतहबाट करीव ३ हजार ५०० किलोमिटर हो भने सगरमाथाको ८ हजार ८४८ मिटर छ।

त्यसो त यो महिना सगरमाथा चढ्ने मौसम होइन तथापि ट्रेकिङ्गको लागि आउने पर्यटकहरुको संख्या प्रति दिन औसतमा २५० देखि ३०० सम्म रहने गरेकोमा कोरोना भाइरसको अनावश्यक हल्ला पछि यो संख्या घटेर शनिबार नाम्चे प्रवेश गर्ने पर्यटकको संख्या८० माझरेको प्रशासनप्रमुख सापकोटा बताउँछन । सगरमाथा आधार शिवीर पुगेर फर्किनेको संख्या भने शनिवार ३२ मा सीमित भएको छ । सगरमाथा चढ्न जाने मौसम चाँहि अंग्रेजी महिना मार्च, अप्रिल र मे हो ।

मौसमको खरावी र पर्यटकको संख्याको कमीले गर्दा काठमाडौंबाट लुक्लासम्मको हवाई उडान शनिबार केवल ५ वटा मात्रै भएको नाम्चे सीमा प्रशासन कार्यालयले जनाएको छ । उक्त कार्यालयले सगरमाथा चढ्न जाने फर्किने पर्यटकहरुको सुरक्षा र तथ्यांकको साथै आवश्यक पर्ने उद्धारको साथै अन्य सहयोग गर्दै आएको छ । विदेशबाट नेपाल भित्रिने पर्यटकको संख्या घटेपछि ट्रेकिङ्गमा जाने विदेशी पर्यटकको संख्या घटेको बताउँदै उनी भन्छन—‘प्राय ट्रेकिङ्गमा जाने विदेशी नै हुन, शेर्पा र गाइड त उनीहरुका सहयोगी हुन।’