१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण



अ+ अ-

काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ । बाल विकासका सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशिल तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेका हुन् । बाल विकासले ६.५ अंक जोड्यो ।
थाउलोकै सिनियर महिला बेयर ह्यान्डमा बाल विकासकी सिर्जना गुरुङ ६.८ अंक जोड्दै पहिलो भइन् । सिर्जनाले आफ्नै स्कुलकी सपना शाहीलाई पराजित गरिन् ।

बूढानीलकण्ठस्थित आयोजक बाल विकासको हातामा भइरहेको प्रतियोगिताको सिनियर पुरुष बेयर ह्यान्डमा सनराइजका सुदित श्रेष्ठ ७.२ अंकसाथ पहिलो भए । बाल विकासका लक्ष्मण सारु मगर ७.१ अंकसाथ दोश्रो तथा सनराइजका सागर लामा ७ अंकसाथ तेश्रो भए । जुनियर पुरुष बेयर ह्यान्डमा भ्याली पब्लिकका सोनाम गुरुङ ६.६ अंकसहित शीर्ष स्थानमा रहे । ६.५ अंकमा सनराइजका प्रिन्स लोप्चन दोश्रो तथा ६.३ अंकमा सनराइजकै आकाश थिङ तेश्रो भए । यस स्पर्धाको महिलामा एक्सेल पब्लिककी मारिया राई (६.६ अंक) ले स्वर्ण, सनराइजकी अप्सरा वाइबा (६.४ अंक) ले रजत र सनराइजकै सविना वाइबा (६.३ अंक) ले कांस्य जिते ।

बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताको जुनियर महिला सर्ट वेपनमा भ्याली पब्लिककी एन्जल गुरुङले स्वर्ण चुमिन् । ६.५ अंक जोडेकी एन्जलले भद्रकालीकी शितल शाहीलाई हराइन् । जुनियर पुरुष ताइचीमा सनराइजका विश्व निगम थापा पहिलो भए । उनले ५.७ अंक जोडे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको सदस्य निरौलाले नै उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।