३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण



अ+ अ-

काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ । बाल विकासका सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशिल तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेका हुन् । बाल विकासले ६.५ अंक जोड्यो ।
थाउलोकै सिनियर महिला बेयर ह्यान्डमा बाल विकासकी सिर्जना गुरुङ ६.८ अंक जोड्दै पहिलो भइन् । सिर्जनाले आफ्नै स्कुलकी सपना शाहीलाई पराजित गरिन् ।

बूढानीलकण्ठस्थित आयोजक बाल विकासको हातामा भइरहेको प्रतियोगिताको सिनियर पुरुष बेयर ह्यान्डमा सनराइजका सुदित श्रेष्ठ ७.२ अंकसाथ पहिलो भए । बाल विकासका लक्ष्मण सारु मगर ७.१ अंकसाथ दोश्रो तथा सनराइजका सागर लामा ७ अंकसाथ तेश्रो भए । जुनियर पुरुष बेयर ह्यान्डमा भ्याली पब्लिकका सोनाम गुरुङ ६.६ अंकसहित शीर्ष स्थानमा रहे । ६.५ अंकमा सनराइजका प्रिन्स लोप्चन दोश्रो तथा ६.३ अंकमा सनराइजकै आकाश थिङ तेश्रो भए । यस स्पर्धाको महिलामा एक्सेल पब्लिककी मारिया राई (६.६ अंक) ले स्वर्ण, सनराइजकी अप्सरा वाइबा (६.४ अंक) ले रजत र सनराइजकै सविना वाइबा (६.३ अंक) ले कांस्य जिते ।

बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताको जुनियर महिला सर्ट वेपनमा भ्याली पब्लिककी एन्जल गुरुङले स्वर्ण चुमिन् । ६.५ अंक जोडेकी एन्जलले भद्रकालीकी शितल शाहीलाई हराइन् । जुनियर पुरुष ताइचीमा सनराइजका विश्व निगम थापा पहिलो भए । उनले ५.७ अंक जोडे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको सदस्य निरौलाले नै उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।