३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेस: अजित र राजपुरा पहिलो



अ+ अ-

अजितकुमार यदाव र राजपुरा पछाईं दोश्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन् । अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे । प्रकाशसिंह ऐरी (१६ मिनेट ५४.०७ सेकेन्ड) दोश्रो तथा सन्तोषनाथ योगी (१७ मिनेट १२.०९ सेकेन्ड) तेश्रो भए । राजपुराले निर्धारित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय खर्चिन् । सकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोश्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेश्रो भए ।

दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पारे ।स्कुलतर्फ ब्वाइजमा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोश्रो तथा अजय तामाङ तेश्रो भए । उक्त स्पर्धाको गल्र्समा स्वस्तिका बोहरा, सुनिता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे । ब्वाइज/गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार पाए । पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोश्रो र राजु भण्डारी तेश्रो बने । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो ।

????????????????????????????????????

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं प्रदेश सांसद् केशव स्थापित, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव वचन देउजा, सचिव ओमकृष्ण प्रसाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहेको रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।