२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व सुन्दरी टोनीले भनिन्- ‘जिउँदैमा स्वर्ग देखियो नेपाल साँच्चै सुन्दर रहेछ’



अ+ अ-

काठमाडौं। यस वर्षकी विश्व सुन्दरी टोनी एन सिंह हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा पुगकी थिइन् । एभरेष्ट एअरको हेलिकोप्टरबाट उनी हेलम्बु पुगेकी हुन्। सेतै र रातै फूलका लालीगुराँसको सुन्दरतामा उनी मन्त्रमुग्द थिईन् । आँखै अगाडि हिमाल अनि चीनको ग्रेट वाल जस्तै ग्रेट ट्रेल देखेपछि उनको प्रतिक्रिया थियो, ‘जिउँदैमा स्वर्ग देखियो, नेपाल साँच्चै सुन्दर रहेछ ।’ भन्ने उनको पहिलो प्रतिक्रिया रहेको थियो।

हेलम्बुको विभिन्न डाँडाहरु नियाल्दै उनले प्रकृतिको मज्जा लुटिन् । घोप्टेघ्याङबाट नजिकैको सिमिसिदाङ हिमाल हेर्दै उनले भनिन्, ‘म यो क्षण जीवनभर भुल्दिन, निकै अविष्मरणीय रह्यो यो यात्रा ।’

लामो समयपछि नेपाल आएर ‘हण्र्डेड डेस्टीनेशन’मा परेको हेलम्बुमा आइपुग्दा आफूलाई भाग्यमानी सोचेको उनको अनुभव छ ।स्वर्ग भुलाउने हेलम्बुमा बनिरहेको ग्रेट ट्रेलले आफूलाई झनै दंग बनाएको सुनाउँदै उनले यसबारे प्रशंसा गर्न नसकिने प्रष्ट्याइन्।