१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईं छुटे



अ+ अ-

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी छुटेका हुन् ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।