२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदन गुरुङलगायत जेनजी नामका अराजकता नरोके प्रतिरोधमा उत्रने नेशनल युथ भोलेन्टियर्सको चेतावनी



अ+ अ-

काठमाडौं । नेसनल भोलिन्टियर्स फोर्सले सुदन गुरुङसहित जेनजी समूहका नाममा भइरहेका अराजक गतिविधि नरोके प्रतिरोध गर्ने चेतावनी दिएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा भएको घटनाले ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो चेतावनी सार्वजनिक गरेको हो।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएसँगै आवश्यक कानुनी कारबाही गर्न नेपाली कांग्रेसलाई समेत फोर्सले आग्रह गरेको छ।

शनिबार मात्रै सुधन गुरुङ नेतृत्वका समूहले एमाले नेता किसान श्रेष्ठको घरमै पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको घटनाप्रति पनि आफूहरूको गम्भीर ध्यानाकर्षण भएको फोर्सले जनाएको छ।

यस्ता घटनाले कानून व्यवस्था कमजोर बन्ने भन्दै फोर्सले यथाशीघ्र कठोर कदम चाल्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।