१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

उपराष्ट्रपति पुनले वेमौसमको बाजा बजाएपछि…

उपराष्ट्रपति पुनले वेमौसमको बाजा बजाएपछि…
अ अ+ अ-

काठमाडौँ । चीनको वुहान सहरमा डिसेम्बरको अन्तिम हप्तादेखि कोरोना भाइरसको प्रकोप शुरु भयो । डिसेम्बर महिनामै केही चिनियाँको ज्यान पनि गयो । त्यसलगत्तै विश्वका देशहरुले चीनप्रति सहानुभूति व्यक्त गर्ने र रोगका विरुद्ध लड्नका लागि आफूहरु पनि चीनको पक्षमा रहेको भन्दै ऐक्यबद्धता जनाउँदै चीन सरकारलाई सन्देशहरु पठाउन थाले । नेपालले पनि त्यसै समयमा ऐक्यवद्धता जनाउँदै चिनियाँ नागरिक तथा सरकारप्रति सहानुभूति व्यक्त गरी पत्र पठायो । उक्त सन्देश नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारका तर्फबाट चीनका राष्ट्रपति सि चिनफिङमार्फत चीन सरकार र चिनियाँ नागरिकलाई सो सन्देश पठाइन् ।

जुन कूटनीतिक मर्यादाका लागि एक छिमेकीलाई गर्नुपर्ने हुन्छ, उनले गरिन् । तर अहिले फेरि नेपाल सरकारका तर्फबाट भन्दै अर्को पत्र गएपछि भने चिनियाँ सरकारलाई अन्योल भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि नेपाल सरकारका तर्फबाट भन्दै यही मार्च ६ तारिखमा चीनका उपराष्ट्रपति वाङ छिसानलाई सो पत्र पठाएका छन् । उपराष्ट्रपतिले पनि यस्तो अप्ठेरो अवस्थामा चीनलाई सान्त्वना सन्देश दिनु नराम्रो त होइन ।

तर पनि यसअघि राष्ट्रपतिले नै ‘नेपाल सरकारका तर्फबाट’ भन्दै पठाइसकेकी र अहिले उपराष्ट्रपतिले फेरि नेपाल सरकारका तर्फबाटै भनेर पठाउँदा कूटनीतिक रुपमा यसलाई कुन आधिकारिक मान्ने भन्ने दुविधा भएको चिनियाँ पक्षको भनाई छ । कूटनीतिक रुपमा विदेशीलाई लेखिने यस्ता पत्रमा राष्ट्रपतिमार्फत नेपाल सरकारका तर्फबाट भनेर गएपछि त्यसपछिका अरु कुनै पत्रको अर्थ नै रहँदैन । यस्तो पत्र लेख्न उनलाई कसले लगायो ? परराष्ट्र मन्त्रालयलाई थाहा दिएर पठाए या आफै भन्ने कुरा पनि संकास्पद रहेको छ ।

उता यस्ता पत्राचारहरु गर्दा नेपालको परराष्ट्र मन्त्रालयमार्फत मात्र गर्ने गरिएकोमा यसरी दुविधायुक्त रुपमा दुइ दुइ ओटा पत्र लेख्दा परराष्ट्र मन्त्रालयले के हेर्यो भन्ने प्रश्न पनि यसैसाथ उठेको छ । यदि परराष्ट्रर्फत नै यो पत्र पठाइएको भए थाहा पाएर नै यो पत्र पठायो कि पहिले राष्ट्रपति भण्डारीले नै यस्तो पत्र पठाएको जानकारी नै उपराष्ट्रपतिलाई गराएन भन्ने प्रश्न परराष्ट्रमाथि पनि उठेको कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।