९ श्रावण २०८३, शनिबार
,
Latest
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए



अ+ अ-

काठमाडौं । पत्रकार तथा ‘रेडियो अडियो’ का संस्थापक दिपेन्द्र खनिया आफ्नै बानेश्वरस्थित निवासमा मृत फेला परेका छन् ।

प्रारम्भिक रूपमा उनले आत्महत्या गरेको आशंका गरिएको छ भने घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको प्रहरीले बताएको छ ।

खनिया रेडियो पत्रकारितामा स्थापित नाम मानिन्छन्। उनी एक छोरी र श्रीमतीसहित बानेश्वरमै बस्दै आएका थिए।

उनका दाजु रवीन्द्र खनियाको भने २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।

रेडियो सगरमाथा, कम्युनिकेशन कर्नरलगायत संस्थामा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका थिए।