काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।
एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार राति हस्ताक्षर गरेर घोषणासभा यही फागुन २८ गते आयोजना गर्ने जनाएका छन् ।
सहमतिअनुसार एकीकृत पार्टीमा राप्रपा (संयुक्त) का दुई जना अध्यक्ष, राणा तथा लोहनी र राप्रपाका थापा अध्यक्ष रहनेछन् । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाँटलगायत दैनिक कार्यसञ्चालन तीन अध्यक्षको सहमतिमा गरिनेछ ।