५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काँग्रेस, एमाले र माओवादीकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामहीन अवस्थामा पुग्यो’



अ+ अ-

काठमाडौँ । नवगठित प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले काँग्रेस, एमाले र माओवादी केन्द्रले आ—आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यी तीन पार्टीहरु लामो समय सत्तासीन भएपनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिन नसकेको मुलुक असफल बन्न पुगेको आरोप लगाउनुभएको हो । प्रमुख राजनीतिक दलहरुले सुशार संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसकेको उहाँको टिप्पणी छ । उहाँले मुलुकको विकासका लागि नीतिगत र प्रणालीगत पुनःसंरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेलेको उहाँको आरोप छ । शर्माले पार्टीगत हितलाई भन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने आवश्यकता समेत औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस, एमाले र माओवादी आआफ्नो समयका नागरिकको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन् । परन्तु इतिहासमा योगदान गरेका दलहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल सिद्ध हुन पुगे । फलतः देश चरम भ्रष्टाचार, विकृति र चरम यथास्थितिमा कारण गति र परिणामविहीन हुन पुग्यो । नेपाली काँग्रेस ४५ वर्ष, नेकपा (एमाले) ३६ वर्ष, नेकपा (माओवादी केन्द्रले करिब १७ वर्ष सरकार चलाउे वा सत्ताको वरिपरी नै रहे । परन्तु हजारौं वर्षसम्म विकासको परम शत्रुको रुपमा रहेको सामाजिक उत्पिडन   मुलतः जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरु असफल भए । नेपालको विकासका लागि नीतिगत र प्रणालीगत पुर्नसंरचना गर्नुको साटो मौजुदा संस्कृति संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले । मुलुकमा भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र राज्यका संस्थाहरुमा राजनीतिकरण गरेर राज्यका संस्था र प्रणालीलाई थप निकम्मा बनाए । संविधान लेखनको विषयलाई दलीय स्वार्थ बनाउँदा जनताको म्याण्डेट सम्बोधन हुन सकेन । नियन्त्रिक लोकतन्त्र र जनवादको प्रयोगले दलहरुलाई अपांग बनायो । सांस्कृतिक भ्रष्टिकरण गुजाराकेन्द्रीत राजनीति र कर्मचारीमाथि हस्तक्षेप गर्दै भिजनसहित अग्रसर हुन दलहरु असफल भए ।’

उहाँले आम नागरिकले प्राप्त गर्न नसकेका अधिकारहरुको सुनिश्चितता गर्न पार्टी प्रतिवद्ध रहेको समेत बताउनु भयो ।




भर्खरै