१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

दुर्गम जोड्दै खुला विश्वविद्यालय

दुर्गम जोड्दै खुला विश्वविद्यालय
अ अ+ अ-

गलकोट । समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल खुला विश्वविद्यालय ललितपुरले शनिबार बागलुङ बजारमा आयोजना गरेको अन्तक्र्रियामा दुर्गम ठाउँ र व्यस्त विद्यार्थी, शिक्षक र प्राध्यापकका लागि उपयुक्त विकल्प र अवसरका रूपमा खुला विश्वविद्यालय रहेको सहभागीको भनाइ थियो ।

क्याम्पसमा प्राध्यापनमा रहनु पर्दा शैक्षिक दक्षता हासिल गर्नबाट बञ्चित रहेको, दुर्गम र समय अभावमा काठमाडौँमै पुगेर स्नातकोत्तर, एमफिएललगायतका उच्च शिक्षा लिन बञ्चित भएका शिक्षक, प्राध्यापकले घरमै बसेर अध्यापन गर्ने गरी स्थापना भएको खुला विश्वविद्यालयले दुर्गमता तोड्ने उनीहरुको भनाइ छ ।

विसं २०७३ मा स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा इन्टरनेटमा रहेको भिडियो कलका माध्यमद्वारा घरमै बसेर अध्ययन गर्न सकिनेछ । खुला विश्वविद्यालयले व्यस्तता तथा दुर्गममा बसेर थप उच्च शिक्षा हासिल गर्ने सोच र सपना अहिले पूरा गर्न लागेको धवलागिरि क्याम्पसका उपप्राध्यापक तथा खुला विश्वविद्यालयमा एमफिएलका तेस्रो सेमेष्टरमा अध्ययनरत बलराम शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सदस्य तथा भीमसेन क्याम्पसका उपप्राध्यापक डिल्लीराज उपाध्यायले बढ्दो व्यस्तता, समयको यथोचित व्यवस्थापन र प्रविधिको असली उपयोगले जीवनका गतिविधि सहज हुने बताउनुभयो । खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको सहज पहुँच पु¥याई ज्ञान, सीप र प्रविधियुक्त जनशक्ति उत्पादनका लागि सरकारीस्तरबाटै खुला विश्वविद्यालय स्थापना गरिएको रजिष्ट्रार कमलप्रसाद ढकालले जानकारी दिनुभयो ।

खुला विश्वविद्यालयले हाल प्राज्ञिक, अनुसन्धानमूलक तथा पेशागत विकाससम्बन्धी २२ विभिन्न तह र विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको अन्तक्र्रिया कार्यक्रममा बताइएको थियो । कार्यक्रममा बागलुङ, म्याग्दी तथा पर्वतका विभिन्न क्याम्पसमा प्राध्यापनरत ३० प्राध्यापकको सहभागिता थियो । धवलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले गुणस्तरीय शिक्षा र निरन्तर अध्ययनका लागि प्रविधिमैत्री खुला विश्वविद्यालयको भविष्यमा विकल्प नरहेको बताउनुभयो ।

विश्वविद्यालयले विभिन्न सङ्कायअन्तर्गत पेशागत डिप्लोमा, स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिका कार्यक्रम विकास गरिरहेको खुला विश्वविद्यालयका शिक्षा विभागका प्रा डा जीवन खड्काले जानकारी दिनुभयो । “दुर्गमका विद्यालय, क्याम्पसमा अध्यापनरत तथा जागिरे जीवनका कारण प्राज्ञिक ज्ञान, अनुसन्धानमूलक र पेशागत विकासबाट बञ्चित भएकालाई खुला विश्वविद्यालयले सहज बनाएको छ”, खड्काले भन्नुभयो, “खुला विश्वविद्यालयले दुर्गम गाउँलाई विश्वविद्यालयको शिक्षासँग जोड्दै आएको छ ।” खुला विश्वविद्यालयको पहिलो ब्याचमै बागलुङबाट १० प्राध्यापक भर्ना भएर अध्ययन गरिरहेका छन् । खुला विश्वविद्यालयमा हाल एक हजार २०८ विद्यार्थी अध्ययनरत छन् ।