९ श्रावण २०८३, शनिबार
,
Latest
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक रुपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छः सन्तोष परियार



अ+ अ-

काठमाडौँ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकतावद्ध नभए देश जनताको नरहन सक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सधैँ गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताउनु भयो । संकटको घडीमा सबै एक हुनुपर्ने बताउनु भयो । इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको बताउनु भयो । अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी सधैँ किन गरिब भइरहन्छाँै भन्दा हाम्रा नेतृत्व गर्नेहरु, राजनीति गर्नेहरुले देश र जनतालाई केन्द्रमा राखेर राजनीति नगर्दा हामी आज यस ठाउँमा पुगेका छौँ । संकटको यो घडीमा हामीले सामुहिकतामा जोड दिएनौँ भने र सामुहिक रुपमा उठेनौँ भने यो देश देश जस्तो नरहन सक्छ । यो देश जनताको नरहन सक्छ । इतिहासमा कहिल्यै हामीले जनताको बनाउन सकेनौँ । तसर्थ अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले यो देशको संकट मोचन गर्नुपर्नेछ ।’

अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको बताउनु भयो ।