२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलनाको मुद्दा सुनुवाइमा



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दर्ता भएको अदालत अवहेलना मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ।

अघिल्लो सरकारद्वारा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने वर्तमान सरकारको निर्णयविरुद्ध सर्वोच्चले जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको अवहेलनाको निवेदनमा सुनुवाइ तय भएको हो।

उक्त निवेदनमा न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुनेछ। सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले कात्तिक १६ गते राजदूत फिर्ता बोलाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको आदेशपछि सरकारले सम्बन्धित राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो। हाल सबै राजदूतहरू परराष्ट्र मन्त्रालयमै हाजिर रहेका छन्।