९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलनाको मुद्दा सुनुवाइमा



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दर्ता भएको अदालत अवहेलना मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ।

अघिल्लो सरकारद्वारा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने वर्तमान सरकारको निर्णयविरुद्ध सर्वोच्चले जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको अवहेलनाको निवेदनमा सुनुवाइ तय भएको हो।

उक्त निवेदनमा न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुनेछ। सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले कात्तिक १६ गते राजदूत फिर्ता बोलाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको आदेशपछि सरकारले सम्बन्धित राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो। हाल सबै राजदूतहरू परराष्ट्र मन्त्रालयमै हाजिर रहेका छन्।