१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

मूल्य बढेपछि आलु किसान खुशी

मूल्य बढेपछि आलु किसान खुशी
अ अ+ अ-

पेमा लामा, बनेपा । पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गर्नुभएको छ । गत वर्ष त्यही अनुपातमा खेती गरेको उहाँले यस वर्ष राम्रो आम्दानी पाएको बताउनुभयो ।

पहिलो पटक खनेर बिक्री गरिसकेका उहाँले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताउनुभयो । आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य पाएको अधिकारीको भनाइ छ । “केही वर्षयताको मूल्यमा यस वर्ष राम्रो भाउ पाएका छौँ”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा यस वर्ष आलुखेती गर्ने किसानले राम्रो मूल्य पाएको छ ।” गत वर्ष किलोको रु २० देखि रु २२ सम्म मात्रै पाएको उहाँले बताउनुभयो । पच्चीस रोपनीमा आलुुखेती गर्नुभएका उहाँले अझै चार÷पाँच पटक खन्न बाँकी नै रहेको जानकारी दिनुभयो ।

सोही वडास्थित लाम्डीका अर्का किसान यादव अधिकारीले यस वर्ष आलुको राम्रो मूल्य पाइएको बताउनुभयो । “खेती गरेअनुसार यस वर्ष किसानले राम्रो भाउ लिइरहेका छन्”, उहाँले भन्नुभयो, “मैले यसपाली अलि ढिला लगाएकाले बेच्न बाँकी नै छ, त्यस बेलासम्ममा राम्रो मूल्य पाउँछु होला ।” उहाँले यस वर्ष २० रोपनीमा आलुखेती गर्नुभएको छ । गत वर्षको भन्दा यस वर्ष राम्रो मूल्य पाइरहेकाले आलुखेतीप्रति किसान उत्साहित भएका उहाँको भनाइ छ ।

वडा नं ६ तीनपिप्लेका किसान बद्री ढुङ्गानाले यस वर्ष आलुको राम्रो मूल्य पाएकाले पाँचखालका किसान उत्साहित भएका बताउनुभयो । आलुको राम्रो मूल्य पाएपछि अहिले पाँचखालका किसान खुशी भएका छन् । नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख ईश्वर अधिकारीले नगरपालिकामा यस वर्ष २६ हजार ५०० हेक्टरमा आलुखेती लगाइएको बताउनुभयो ।

गत वर्षको भन्दा यस वर्ष किसानले प्रतिकिलो रु १० भन्दा बढी मूल्य पाएको उहाँको भनाइ छ । गत वर्ष किसानले प्रतिकेजी रु २० देखि रु २२ सम्ममा बिक्री गरेका थिए । काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलुमा बढीमात्रामा विषादी प्रयोग गरेको भन्ने आरोप खेप्दै आएकामा कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय हरिहरभवनअन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट गरिएको परीक्षणअनुसार सो आलुमा कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट प्रतिशत ११ भन्दा कम भएको पाइएको उहाँले बताउनुभयो ।

विज्ञका अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट ३५ प्रतिशतभन्दा कम भएको आलु खानाका लागि योग्य भएको मानिन्छ । त्यसरी खेती गर्दै आएका किसानलाई सहयोगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइसुपरजोन ९आलु०ले विभिन्न प्रक्रियाबाट सहयोग गर्दै आइरहेको छ । किसानको सहजताका लागि गुणस्तरीय बीउ र खेतीमा सहजताका लागि औजारसमेत कम मूल्यमा पाउने गरी कस्टम हायरिङ सेन्टरसमेत स्थापना गरेर सहयोग गरेपछि किसानमा आलुखेती गर्न थप हौसला मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन ९आलु० काभ्रेपलाञ्चोकका सञ्चालक समिति अध्यक्ष हरि खतिवडाले बताउनुभयो ।

“त्यससँगै आलु सुपरजोन कार्यक्रम लागू भएपछि विषादी न्यूनीकरणका लागि किसानलाई विभिन्न प्रकारका सचेतनाका कार्यक्रम गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो । त्यससँगै किसानलाई माटो सुधार, खेतीको तरिका र आलुको जात छनोटलगायत गोठ सुधारको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।