५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम, जनार्दन र सन्तोषले आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारलगायतका समूहले आज पार्टी एकता गर्ने भएका छन् ।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहलगायतले निर्वाचनमा जान पार्टी एकता गर्न लागेका हुन् ।

काठमाडौंमा वृहत् कार्यक्रम गरी एकता घोषणा गर्न लागिएको हो । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ ।

गत कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

पछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए ।

कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए ।

पार्टी घोषणा कार्यक्रमको अध्यक्षता भने सन्तोष परियारले गर्नेछन् ।

निर्वाचन आयोगमा यो दल दर्ता भइसकेको छ ।




भर्खरै