१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

आमाको चौरासीमा छोरीले बनाइन् पदमार्ग

आमाको चौरासीमा छोरीले बनाइन् पदमार्ग
अ अ+ अ-

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा व्यक्तिगत लगानीमा पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौर हिस्लाङ निवासी चित्राकुमारी श्रीषको ८४ वर्षगाँठका अवसरमा उहाँकी छोरी शान्तिले हरिचौरको टेउवामा पदमार्ग निर्माण गर्नुभएको हो ।

रु तीन लाख ११ हजार १०० को लागतमा झण्डै ५० मिटरको स्लेट ढुङ्गाले बिछ्याइएको रेलिङसहितको आकर्षक पक्की पदमार्ग बनाइदिएको शान्ति श्रीषले जानकारी दिनुभयो । “आमाको चौरासी वसन्त पूरा भएको अवसरमा स्मरणयोग्य काम गर्न खोजेका थिए”, श्रीषले भन्नुभयो, “आफ्नै गाउँमा बन्न थालेको सङ्ग्रहालयमा पदमार्ग आवश्यक देखेर निर्माण गरिदिएको हुँ ।” गलकोटको टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा पुग्ने पर्यटकलाई लक्षित गरी व्यक्तिगतरुपमा प्राप्त सहयोगले पर्यटकीय पदमार्ग निर्माण गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

टेउवामा निर्माणाधीन खुला सङ्ग्रहालय निर्माण गर्नका लागि यहाँका स्थानीयले विभिन्न सहयोग प्रदान गर्ने क्रममा शान्ति श्रीषले आकर्षक पदमार्ग निर्माण गरिदिनुभएको थापाको भनाइ रहेको छ । बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल घुम्टेको काखमा रहेको टेउवामा खुला सङ्ग्रहालयका लागि विभिन्न संरचना निर्माण भएपछि अहिले स्थानीय तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुन थालेको छ । यही फागुन ५ गतेदेखि २१ गतेसम्म टेउवामा १० विदेशी र पाँच नेपाली गरी १५ मूर्तिकारले प्रकृति, भावना, संस्कार र संस्कृति समेटिएका १५ मूर्ति निर्माणसमेत गरिसकेका छन् । निर्माण भएका मूर्ति खुला सङ्ग्रहालयमा स्थापना गरिसकेपछि पर्यटकको आगमनमा वृद्धि हुने खुला सङ्ग्रहालय निर्माण गरिरहेको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

यस स्थानमा पुग्नका लागि सहजरुपमा सडक, पैदलमार्र्ग, होटल तथा रेष्टुरेन्टको सुविधा भएमा पर्यटकलाई आकर्षित गर्न सकिने सरोकारवाला बताउँछन् । स्थानीयले निःशुल्करुपमा प्रदान गरेको २३ रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधीन खुला सङ्ग्रहालयमा अहिले पूर्वाधार निर्माण भइरहेका छन् । यस क्षेत्रमा शौचालय, स्नान घर, पदमार्ग, खानेपानी र तारबारलगायतका संरचना निर्माण भएका छन् । आगामी असारसम्म मूर्तिकला कार्याशालाबाट निर्माण गरिएका मूर्तिलाई खुला सङ्ग्रहालयमा स्थापना गरिने प्रतिष्ठानले जनाएको छ ।

विसं २०७३ मा स्थापना भएको प्रतिष्ठानले हालसम्म सङ्घ, प्रदेश तथा गलकोट नगरपालिकाको सहयोगमा रु एक करोड ५० लाख बराबरको संरचना निर्माण गरिसकेको छ । खुला सङ्ग्रहालयलाई पूर्ण रुप दिनका लागि रु १२ करोड खर्च लाग्ने विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर०मा उल्लेख छ । डिपिआरको योजनाअनुसार टेउवामा खुला सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र, अन्तरराष्ट्रिय सेमिनार हल, शीतल बाटिकालगायतका संरचना निर्माण हुनेछन् ।