१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् : मन्त्री अर्याल

आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् : मन्त्री अर्याल
अ अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री अर्यालले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पुर्याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताउनुभएको हो । सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताउनुभयो । उहाँले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुसलतापुर्वक पुरा गरी महिलाहरु सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेसिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरुलाई चुनौति रहेको बताउनुभयो । उहाँले अझैपनि निर्णय गर्ने ठाउँमा महिलाहरु पुग्न नसक्नुले राजनीतिक लडाई अझै नसकिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताउनुभयो । उहाँले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताउनुभयो ।

सांसद चन्दा चौधरीले विभिन्न पार्टी भित्र रहेका महिलाहरु महिलाको विषयमा पार्टीको ह्विप भन्दा माथि उठेर काम गर्न नसक्दा सम्म महिला अधिकारको सुनिस्चितता नहुने बताउनुभयो ।

अभिनेत्री रेखा थापाले पुरुषहरुको दबदवा भयो, महिलाहरु कोटामा मात्रै भन्ने महिलाहरुले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न चुनौति दिनुभयो । उहाँले सदनका महिला देखि सडकका महिलाहरु ताली पड्काउन र दर्शकको रुपमा मात्र काम गरेकाले महिलाहरु सँधै पछाडि परेको बताउनुभयो ।

कार्यक्रममा महिलाहरुको हक हितका लागि नेतृत्वतहमा पुगेका महिलाहरुले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरुपता कायम गरी सबैले काम गर्नुपर्नेमा महिला नेतृहरुले जोड दिएका थिए । उनिहरुले देशको कार्यकारी प्रधानमन्त्री भएर काम गर्न सक्ने क्षमता महिलाहरुमा रहेको उल्लेख गर्दै त्यसका लागि आफुहरु सँधै लडिरहने प्रतिवद्धता समेत जनाए ।