२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमा रोड रेसमा राजन र सन्तोषी विजेता



अ+ अ-

काठमाडौं: नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा शनिबार च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् ।

राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोश्रो भए । तेश्रो स्थानका आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं बने ।

साग स्वर्णधारी ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३४ मिनेट ५४.४ सेकेन्ड समय खर्चिन् । पहिलो संस्करणमा पनि सन्तोषी पहिलो भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्ड समयसाथ आर्मीकी निशा मजाकोटी दोश्रो तथा ३६ मिनेट २१.३ सेकेन्ड समयसाथ आर्मीकै सिर्जना पाण्डेय तेश्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे ।

दुवै समूहमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोश्रो, रेवतबहादुर दाहाल तेश्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं बने । भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिलामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार नगद पुरस्कार जिते ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा ईश्वर बुढाथोकी पहिलो, अनुप केसी कार्की क्षेत्री दोश्रो र तेजबहादुर गिरी तेश्रो भए । सो स्पर्धाको महिलामा रजिना दुलाल शीर्ष स्थानमा रहिन् । कर्पोरेटमा पनि भेट्रान सरहनै नगद पुरस्कार थियो ।

विजेतालाई विशेष फौज बाहिनी, महाराजगञ्जका सहायक रथी दिपेन्द्र गुरुङ, गरिमाका अध्यक्ष दिलिपप्रताप खाँणलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा १ हजार ४ सयको सहभागिता रहेको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले जनाएका छन् ।