२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्याउने ठाउँ छैनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताउनुभएको छ ।

शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दै उहाँले सो दावी गर्नुभएको हो । अध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन नसक्ने जिकिर समेत गर्नुभयो । हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठह¥याउन सक्ने अवस्था नरहेको समेत बताउनु भयो । उहाँले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘देशमा संविधान  अनुसार नबनेको सरकार छ । संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रक्रिया, त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक कृतिम ढंगले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । यस्तो सरकारको संवैधानिक परिक्षण सम्मानित अदालतबाट संवैधानिक परिक्षण हुनै पर्दछ । संविधानले कुनै पनि हालतमा यो सरकारलाई उचित ठह¥याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठह¥याउनै सक्दैन । यो सरकार असंवैधानिक बाटोबाट बनेको छ । त्यसकारण हामी यो सबै राष्ट्रिय समस्याको समाधान सही ढंगले होस भन्ने चाहन्छौ । र हुनेछ । यस कामको अगुवाई नेकपा एमालेले गर्नेछ । मैले अघि नै पनि भने । नेकपा एमालेले यस कामको नेतृत्व गर्नेछ ।’ 

अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताउनु भयो ।