१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीमाथि युनाइटेडको लिग डबल



अ+ अ-

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई २-० ले हरायो र १० वर्षयता पहिलो पल्ट छिमेकी क्लबमाथि लिग डबल रच्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्थोनी मार्टिएल र स्कट म्याकटोमनीले गोल गरे ।

दुवै गोल सिटीका गोलरक्षक एडरसनको भुलमा सम्भव भएको थियो । यो जितले युनाइटेडको अर्को सिजन युरोपेली च्याम्पिन्स लिग खेल्ने सपना पूरा हुने सम्भालना बलियो भएको छ । चौथो स्थानमा रहेको चेल्सीसँग युनाइटेड तीन अंकको दूरीमा छ ।

पाँचौं स्थानमा उक्लेको युनाइटेडले यस सिजन सिटीलाई हराएको यो तेस्रो पल्ट हो र सबै खाले प्रतियोगिताका १० खेलमा युनाइटेड अपराजित रहेको छ ।