४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण



अ+ अ-

काठमाडौँ: सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताउनुभएको छ ।

पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उहाँले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताउनुभयो । चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उहाँको जोड थियो । तर राजनीतिक अस्थिरताकै कारण देशको अवस्था सङ्कटमा पर्न लागेको सभामुख घिमिरेको भनाइ छ ।

कार्यक्रममा पूर्वमुख्यसचिव एवं पूर्व चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रा डा युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ यु याङ (नेपाली नाम वर्षा)ले लेखक आचार्यको पुस्तकमाथि समीक्षा गर्नुभएको थियो ।

पूर्वमुख्यसचिव पौड्यालले आचार्यको पुस्तकमा चिनियाँ विकास नीतिको दस्तावेज समेटिएको सुनाउनुभयो । साथै, चीनले लोकतान्त्रिक पद्धतिलाई कसरी बुझ्छ र आफूले जनताका लागि कसरी काम गरेको छ भन्ने दृष्टिकोणको नालीबेली पुस्तकमा समेटेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रा डा सङ्ग्रौलाले भने छिमेकी मुलुक चीनको राजनीतिक, आर्थिक अवधारणालाई नेपालले सकारत्मक रूपमा लिएर यहाँको गरिबी निवारणमा सहकार्य गर्न अतिआवश्यक रहेको धारणा राख्नुभयो । त्यसैगरी, चिनियाँ प्रोफेसर यु याङले चीन र नेपालको सम्बन्ध इतिहासदेखि नै सुन्दर रहँदै आएको र भविष्य पनि उज्ज्वल रहेको सुनाउनुभयो ।

कार्यक्रममा लेखक आचार्यले विश्वभर चीनको नीतिगत दृष्टिकोणको निकै चासो र चर्चाले हेर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालले पनि अध्ययन र चासो लिन आवश्यक छ । आचार्यका यसअघि चीनसम्बन्धी चार पुस्तक र अन्य गरी आठ पुस्तक प्रकाशित छन् । लेखक आचार्य ब्राह वर्षदेखि बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप ‘सीएमजी’ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत रहनुभएको छ ।रासस