९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी छ ।

टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन जोड्यो ।

उसका लागि जोस ब्राउनले ६८ रनको योगदान दिए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले ४३ रनको योगदान दिए भने क्रीश लिनले ३१ रन जोडे । १३ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

वलिङतर्फ पोखराका जेम्स निशमले तीन तथा डान डाउथवेट र आकश चन्दले दुई दुई विकेट लिए ।

पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाइ हराएको थियो ।