२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरा घटनाः स्थानीय प्रशासन र जेनजीबीच छलफल हुँदै



अ+ अ-

काठमाडौँ । बाराको सिमरा क्षेत्रमा दुई दिनदेखि जारी तनावलाई समाधान गर्ने उद्देश्यले स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच आज शुक्रबार दिउँसो ३ बजे औपचारिक छलफल हुने भएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार छलफल पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा आयोजना गरिनेछ।

प्रजिअ मिश्रले सिमरा घटनापछि उत्पन्न परिस्थितिलाई शान्त पार्न तथा दुवै पक्षबीच बनेका विवाद र असमझदारी हटाउन संवाद महत्वपूर्ण हुने बताए।

जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो। तर प्रदर्शनकारीहरूले वार्ता सिमरा आसपासकै क्षेत्रमा हुनुपर्ने माग राखेका थिए। शुक्रबारको छलफलमा जेनजी पक्षबाट पनि केही अगुवाहरू सहभागी हुने जानकारी प्रजिअ मिश्रले प्रदान गरे।

जेनजी युवाहरूले दिएको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। नियन्त्रणमा परेकामध्ये जितपुर–सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र एक जना स्थानीय युवा नेता रहेका छन्।

बुधबार एमालेलगत नेता–कार्यकर्ताले केही जेनजी युवामाथि गरेको कुटपिटपछि सुरु भएको तनाव अझै शान्त हुन सकेको छैन। कर्फ्यू आदेश जारी गरिँदा पनि जेनजी युवाहरूले बुधबार र बिहीबार दिनभर वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए।

आजको छलफलले दुई पक्षबीच बनेको तनाव न्यूनिकरण गर्ने अपेक्षा गरिएको छ।