२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसलाई भने प्याकुरेलले ‘रंगहरु अनेक थरि, होली आएन कसम’ : गजल



अ+ अ-

रंगहरु अनेक थरि, होली आएन कसम ।
पानि वर्षियो वेगले, खोली आएन कसम ।

जमान, ईमानहैन चाकडी, बिक्दछ यहाँ
देखेर रैती उठेको, बोली आएन कसम ।

मातृत्व,भातृत्व किन्दछ सब,रुपँया भयो बीर त्यो ।
आउदैनन् दाजु र भाई अनि चोली आएन कसम ।

दुलाहा पहिल्यै पुगिसके ,माला न पहिरी हरे ।
बन्दुके,शिलोके,भातखुवाउरे अनि डोली आएन कसम ।

खाने, हेर्ने, बोल्ने, सुन्ने, देखने सबै भए पराईकै
भोली कुरेर बस्नेहरुको, किन्चितभोलीआएनकसम ।

देवी प्याकुरेल, देउखुरी, दाङ्ग
हाल :सुनसरी