१४ भाद्र २०८३, आईतवार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री घिसिङ र गुप्ताद्वारा निर्माणाधिन रामजानकी रंगशालाको निरिक्षण



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधिन रामजानकी रंगशालाको निरिक्षण गर्नुभएको छ ।

शुक्रवार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला पुगेर निरिक्षण गर्नुभएको हो । उहाँहरुले रंगशाला निर्माणको कार्य रोकिनुको कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिनुभएको छ । यसका साथै मन्त्रीहरु घिसिङ र गुप्ताले भासिएको कमला पुलको समेत निरिक्षण गर्न लाग्नुभएको हो । मन्त्री घिसिङले भासिएको कमला पुलको विषयमा छिट्टै नै निर्णय लिने जानकारी दिनुभयो । उहाँले कमला पुलको विषयमा सञ्चारकर्मीको प्रश्नमा उहाँले आफूले परिस्थिति बुझेर निर्णय गर्ने बताउनु भयो । कमला पुल बन्नुपर्ने पक्षमा आफूहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँको वास्तविकता बुझेर हामी थप काम अघि बढाउँछौँ । हामी के गर्ने भन्नेकुरा डिसिजन गर्छौं । तत्काल बनाएर अघि बढ्ने वा त्यसको सबैकुरा सबै पक्ष हेर्नुपर्छ । अघि बढ्छौँ । कुनैपनि हालतमा त्यो पुल बन्नुपर्छ ।’

रंगशाला निरिक्षणको क्रममा मधेसको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीहरुले त्यहाँको वस्तुस्थितिको विषयमा जानकारी गराउनुभएको थियो ।