१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री घिसिङ र गुप्ताद्वारा निर्माणाधिन रामजानकी रंगशालाको निरिक्षण



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधिन रामजानकी रंगशालाको निरिक्षण गर्नुभएको छ ।

शुक्रवार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला पुगेर निरिक्षण गर्नुभएको हो । उहाँहरुले रंगशाला निर्माणको कार्य रोकिनुको कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिनुभएको छ । यसका साथै मन्त्रीहरु घिसिङ र गुप्ताले भासिएको कमला पुलको समेत निरिक्षण गर्न लाग्नुभएको हो । मन्त्री घिसिङले भासिएको कमला पुलको विषयमा छिट्टै नै निर्णय लिने जानकारी दिनुभयो । उहाँले कमला पुलको विषयमा सञ्चारकर्मीको प्रश्नमा उहाँले आफूले परिस्थिति बुझेर निर्णय गर्ने बताउनु भयो । कमला पुल बन्नुपर्ने पक्षमा आफूहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँको वास्तविकता बुझेर हामी थप काम अघि बढाउँछौँ । हामी के गर्ने भन्नेकुरा डिसिजन गर्छौं । तत्काल बनाएर अघि बढ्ने वा त्यसको सबैकुरा सबै पक्ष हेर्नुपर्छ । अघि बढ्छौँ । कुनैपनि हालतमा त्यो पुल बन्नुपर्छ ।’

रंगशाला निरिक्षणको क्रममा मधेसको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीहरुले त्यहाँको वस्तुस्थितिको विषयमा जानकारी गराउनुभएको थियो ।