३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लामाथि लेस्टरको चार गोल



अ+ अ-

लेस्टरले इंग्लिस प्रिमियर लिगमा सोमबार राति एस्टन भिल्लालाई ४–० ले हराएको छ । त्यसमा हार्भे बार्नस र जेमी भार्डेले दुई/दुई गोल गरे । यो जितपछि लेस्टरको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना फेरि ठीक दिशातर्फ मोडिएको छ । लेस्टर लिगका पछिल्ला सातमध्ये एकै खेलमा मात्र जित निकालेको थियो ।

तर खराब लयका बाबजुद अंक तालिकाको तेस्रो स्थानमा भने कायम थियो । लेस्टरको ५३ अंक भएको छ ।

शीर्ष चार स्थानको होडमा लेस्टरले पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडमाथि आठ अंकको अग्रता पनि खोलेको छ । भिल्ला भने पुछारबाट दोस्रो स्थानमा छ । उसको २५ अंक छ ।