१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार: मन्त्री अर्याल

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार: मन्त्री अर्याल
अ अ+ अ-

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताउनु भएको छ ।

विहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले उक्त कुरा बताउनु भएको हो।

आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीहरु सो अनुरुपको तयारी र प्रतिवद्दताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुनसमेत आदेश गर्नुभयो।

जेनजी आन्दोलनको भावना र मर्म अनुरुप सेवा प्रदायक निकायहरुले आफ्ना काम कारवाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र आफूले प्रवाह गर्ने सबै प्रकारका सेवाहरुलाई सम्भव भएसम्म विधुतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिनुभयो।

“सरकारी काम कारवाहीले गर्दा सेवा ग्राहीलाई अनावश्यक झनझट व्यहोर्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै माताहतका निकाय तथा अधिकारीहरुलाई निर्देश गर्दछु,” मन्त्री अर्यालले भन्नुभयो।

मन्त्री अर्यालले आगामी निर्वाचनको वातावरण बनाउन र भौतिक श्रोतसाधन लागि आवशयक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट यस मन्त्रालयलाई सहजीकरण भएकोमासमेत मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यबाद दिनुभयो।

समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र संघीय मामिला मन्त्रालयले दिनुभएका सुझावहरुलाई मन्त्रालयले मनन गरेर कार्यन्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राख्नुभयो।

राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरि काम गर्न समेत निर्देश गर्नुभयो।

सीमापार अपराध न्यूनीकरण, लागु औषधको दुरुपयोग र ओसारपोसारविरुद्दको कारवाही र सडक दुर्घटना न्यूनीकरणका लागि वर्तमान कार्यशैलीमा आश्यकता अनुसार पुनारावलोकन गर्न र जनताले अनुभूत गर्ने गरी काम गर्न पनि मन्त्री अर्यालले सम्बद्ध निकायलाई आदेश दिनु भयो।

“जेनजी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमले हाम्रा मन्त्रालयका नियमित काम कारवाहीमा केहि बाधा अड्ड्चन परे पनि अब मन्त्रालयको नियमित कामहरुलाई तिव्रता दिएर अघि बढ्नु पर्नेछ,” मन्त्री अर्यालले भन्नुभयो।

समीक्षा बैठकमा उठेको विषयलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले भन्नुभयो, “मन्त्रालय मातहतका निकायहररुको वार्षिक कार्ययोजना र कार्य प्रगतिको समीक्षा सबै निकायहरुले आन्तरिक रुपमा नियमित गर्ने गरौँ र वार्षिक रुपमा लक्ष निर्धारित क्रियाकलाप र माइलस्टोनहरुको प्रगति लक्ष अनुरुप हाँसिल गर्न के कसो गर्नु पर्छ सो को समीक्षा गरि सोहि अनुसार प्रगति हाँसिल गर्ने गरी बाँकी कार्य अगाडी बढाउन निर्देश गर्दछ।”

सबै निकायहरुको पूर्वनिर्धारित आन्तरिक वार्षिक कार्य योजना र माइलस्टोन कार्यान्वयनलाई तिब्रता दिन र गरिएका कार्यहरुको नियमित आन्तरिक समीक्षासमेत गर्न उहाँले निर्देशन गर्नुभयो।

“सेवाग्राहीले एउटै विवरण र सूचना सरकारी निकायलाई पटक पटक दिनु पर्ने बाध्यताको अन्त्य गर्न गरी कार्य गर्न पनि उहाँले आदेश गर्नुभयो।

विशेष गरी राष्ट्रिय परिचयपत्रको मर्म र भावनालाई अन्य निकायलाई बुझाई सबै प्रणालीलाई क्रमश: आवद्ध गर्ने गरी सम्बन्ध निकायले प्राथमिकताका साथ यस कार्यलाई अघि बढाउन पनि उहाँले आदेश गर्नुभयो। यसका लागि मन्त्री र सचिवस्तरबाट गर्नु पर्ने सहजीकरणका लागि आफु तयार नै भएको कुरा ब्यक्त गर्नुभयो।

नागरिकका गुनासो र उजुरी फ़र्छ्येउटलाई पहिलो प्राथमिकता दिनु होला र सकभर गुनासोरहित ढंगले काम गरौँ र सेवाग्राहीको काम पन्छ्याउने कामलाई निरउत्त्साहित गरौँ, मन्त्री अर्यालले भन्नुभयो ।

कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले मन्त्रालय यस अन्तर्गतका सबै निकायले सुशासन र पारदर्शीतालाई मूल केन्द्रबिन्दु बनाई आफ्नो कार्य जिम्मवारी निर्वाह गर्नु आदेश गर्नुभयो।

गृह मन्त्रालय सबै मन्त्रालयहरुभन्दा अलि बढी सम्म्वेदनशील मन्त्रालय भएकोले नै यस अन्तर्गत रहेका केहि महत्वपूर्ण विभाग र महाशाखाहरु जस्तै राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले प्रवाह गर्ने सेवाबाटै गृह मन्त्रालयको सफलता र मुहार झल्किने कुरा उहाँले बताउनुभयो।

सचिव दंगालले सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत र मन्त्रालयले निर्धारण गरेका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्नसमेत निर्देशन दिनुभयो।

कार्यक्रममा मन्त्रालयका सहसचिव तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीले मन्त्रालय मातहत रहेका सबै निकायहरुको समग्रमा प्रस्तुतीकरण दिनुहुँदै मन्त्रालयको वार्षिक कुल दुई खर्व ८ अर्व बजेटमा, चालु आवको पहिलो चौमासिकसम्ममा आइपुग्दा मन्त्रालयले चालु खर्च तर्फ २० दशमलव ९२ प्रतिशत र पूँजीगत तर्फ १० दशमलव ६५ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको जानकारी दिनुभयो।