४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

निर्वाचनको तयारीमा रास्वपा,उम्मेदवार छनोट समिति गठन

निर्वाचनको तयारीमा रास्वपा,उम्मेदवार छनोट समिति गठन
अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन तयारीका लागि बिभिन्न कार्यदलहरु गठन गरेको छ ।

हिजो बुधबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनको तयारीसंगै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग आसन्न निर्वाचनअघि मुद्दागत एवं सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद प्रकृयालाई घनिभूत बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको उच्च संवाद समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले गरेका निर्णयहरु यस्ता छन् –

१. समसामयिक राजनीतिबारे छलफल हुने क्रममा जेन-जी पुस्ताले गरेको निर्णायक हस्तक्षेप पश्चात् प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न सुशासन र समुन्नतिसँग सम्बन्धित आम नागरिकका आधुनिक आकांक्षाहरुको सम्बोधन हुनेगरी सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनअघि मुद्दागत एवं सांगठनिक सहकार्यका पृथक विधिहरु अवलम्बन गर्दै संवाद प्रकृयालाई घनिभूत बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको उच्च संवाद समितिलाई निर्देशन दिने। साथै सभापति रवि लामिछाने माथि अघिल्लो सरकारद्वारा प्रतिशोधपूर्ण रुपले लगाइएको मुद्दाको कानुनी अवस्थाबारे जानकारी गराइयो ।

२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गरिएको छ। विस्तारित बैठक व्यवस्थापन समिति संयोजक हरि ढकालबाट प्रस्तुत समीक्षा, सदस्यहरूबाट प्राप्त सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने । विस्तारित बैठकमा उपस्थित सबै प्रतिनिधि, व्यवस्थापनमा खट्नुभएका पार्टीपंक्ति, स्वयंसेवक, सञ्चारकर्मी, सुरक्षाकर्मी एवं आतिथ्यताका लागि सम्पूर्ण चितवनवासीहरुमा धन्यवाद ज्ञापन गर्ने ।

३. विस्तारित बैठकमा कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टी महामन्त्री श्री कविन्द्र बुर्लाकोटीबाट प्रस्तुत संगठनात्मक प्रतिवेदन र सहमहान्त्री श्री विपिनकुमार आचार्यबाट प्रस्तुत उम्मेदवार छनोट विधिमा प्राप्त सुझावहरूसहित पारित गर्ने ।

४. प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोट सम्बन्धी रूपरेखा मस्यौदा तयारीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका सह–महामन्त्री श्री विपिनकुमार आचार्यलाई थप जिम्मेवारी प्रदान गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकिएको छ। उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य श्री विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य द्वय डा. चन्दा कार्की र श्री राजन गौतम (चितवन) तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्। रुपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका उम्मेदवार नै कायम रहने ।

५. पार्टीको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित वाचापत्र कार्यदलमा केन्द्रीय सदस्य श्री क्रान्तिशिखा धिताललाई थप गर्ने ।

६. संविधान परिमार्जन कार्यदलको नाम संशोधन गरी “संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल” बनाउने । उक्त कार्यदलको रिक्त संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य श्री सोबिता गौतमलाई दिने ।

७. निर्वाचन लक्षित राजनीति अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र मिडिया अध्ययन कार्यदल निम्नानुसार गठन गर्ने ।

१. राजनीति अध्ययन कार्यदल श्री विराजभक्त श्रेष्ठ, संयोजक

सदस्यहरुः श्री पुकार बम, श्री गणेश कार्की, प्रदेश सभापतिहरु (श्री

प्रकाश बिष्ट, सुदुरपश्चिम, श्री मदन खड्का, कर्णाली, श्री देवराज पाठक,

लुम्बिनी, श्री राजन गौतम, गण्डकी, श्री अचुत्तम लामिछाने, बागमती, श्री

तपेश्वर यादव, मधेश र श्री गोमा तामाङ सरिन (का.वा.), कोशी) पदेन

२. निर्वाचन रणनीति कार्यदल श्री मनिष झा, संयोजक

सदस्यहरुः श्री विष्णुकुमार श्रेष्ठ, श्री टीका संग्रौला (ज्वाला), श्री पारसमणि

गेलाल र प्रदेश सभापतिहरु पदेन

३. मिडिया अध्ययन कार्यदल श्री निशा डाँगी, संयोजक

८. राष्ट्रिय स्वतन्त्र पार्टीले युवाहरूमा बढ्दो राजनीतिक चेतना तथा जेन-जी पुस्ताको सक्रिय राजनीतिक प्रवेशलाई दृष्टिगत गर्दै नेपालका राजनीतिक तथा संवैधानिक संरचना, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कौशल तथा संसदीय प्रक्रियाको व्यावहारिक अभ्यासबारे आधारभूत तथा उन्नत ज्ञान प्रदान गर्ने उद्देश्यले Youth Nation-Building Academy आयोजना गर्ने निर्णय गरेको छ। यस कार्यक्रम पार्टीको केन्द्रीय कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा, केन्द्रीय प्रशिक्षण विभाग तथा नेतृत्व क्षमता विकास विभागसँगको समन्वयमा सञ्चालन गरिनेछ। कार्यक्रमको समग्र संयोजनका लागि कानुन तथा मानवअधिकार विभाग प्रमुख श्री सोविता गौतमलाई संयोजकका रूपमा तोकिएको छ।

९. सबै प्रदेश र सबै जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक गर्ने । केन्द्रीय समितिबाहेकका सबै रिक्त पद समावेशिताको सिद्धान्तलाई अनिवार्य पालन गरी अधिकतम पदपूर्ति गर्न निर्देशन दिने । सातै प्रदेश एवं ७७ जिल्लामै सम्बन्धित तहगत समितिले संयोजन/निर्देशन गरी जेन-जी उमेर समूहका युवा पुस्तासँग छलफल/ संवाद कार्यक्रम आयोजना गर्ने । पार्टीको सबै तह, संयन्त्रमा युवा सहभागिता बढाउन आवश्यक गृहकार्य गर्ने।

मनिष झा

प्रवक्ता