१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख नगद बरामद



अ+ अ-

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट ५० लाख रूपैयाँ बरामद भएको हो।

सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। 

सो सूचनापछि सादा पोसाकमा खटिएको प्रहरीले रातो रंगको भद्रपुर लेखिएको झोला चेक गरेको र त्यसभित्र प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुन भित्र स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ। 

यस्तै, सो रकम लिन आएको आरोपमा एयरलाइन्सको काठमाडौंमा एसिस्टेन्टसमेत रहेकी रेशा शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। 
 
बरामद भएको नगद र उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको छ।

थप अनुसन्धानको लागि सौर्य एयर विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ । 

घटनाबारे विभागले थप अनुसन्धान अघि बढाएको छ ।