२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उसु खेलाडी न्यूजील्याण्ड प्रस्थान



अ+ अ-

काठमाडौँ।  न्यूजील्यान्डमा हुने‘उसु हिरोज’ प्रथम अन्तरराष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन आज चार खेलाडी न्यूजील्याण्डको अकल्याण्ड प्रस्थान गरेका छन् ।

नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

विजय सिञ्जाली, पासाङ शेर्पा, निमा घर्तीमगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्नेछन् । विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन्।

टोलीलाई नेपाल उसु महासङ्घका उपमहासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते आजै यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्यूजील्याण्डमै रहने उप–महासचिव महर्जनले जानकारी दिए। प्रशिक्षणले २०औँ एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ, व्यवस्थित र सहज बनाउने उपमहासचिव महर्जनले बताए।