९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

“नेताहरूलाई रोकेर चुनाव हुँदैन, जेनजीले उत्तेजना होइन जिम्मेवारी देखाउनुपर्छ”



अ+ अ-

काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले पछिल्ला राजनीतिक गतिविधि र आन्दोलनका बीचमा नेताहरूको आवागमन रोक्ने, सभा–सम्मेलन अवरुद्ध गर्ने जस्ता क्रियाकलापले लोकतान्त्रिक प्रक्रिया नै प्रभावित हुने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले यस्तो व्यवहारले मुलुकलाई अस्थिरतामा धकेल्न सक्ने खतरा रहेको बताएका हुन्।

आचार्यले लेखेका छन्, “नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ?”

उनले लोकतन्त्रमा सबै पक्षलाई स्वतन्त्र रूपमा आफ्ना विचार राख्न, आमसभा गर्न र जनसामक्ष जान पाउने अधिकारप्रति कुण्ठा पैदा हुनु खतरनाक संकेत भएको उल्लेख गरे।

उनले सत्तापक्षमा रहेका आन्दोलनकारीहरू झनै बढी जिम्मेवार हुनुपर्ने बताउँदै जेनजी पुस्तालाई संयमित र तथ्यमा आधारित भएर अघि बढ्न आग्रह गरेका छन्।

“आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन,” उनको भनाइ छ।

उनले लेखेका छन्–

नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुॅदैन ।