१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाशको प्रश्न- नेताहरुको भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले नेताहरुको भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

सिमरा घटना दुस्खद भएको भन्दै उहाँले प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण गराउदै एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ भनेर प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?

एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ ! GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं ! तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन ! त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो !

सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन् ! अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो !निषेधको राजनीति कसैले नगरौं !




भर्खरै