१ आश्विन २०८३, बिहीबार
,
Latest
जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रेमीले चुम्बन गर्न खोज्दा युवतीले दाँतले आधा जिब्रो नै काटिदिएपछि…



अ+ अ-

एजेन्सी । भारतको उत्तर प्रदेश, कानपुरमा एक पुरुषले पूर्वप्रेमिकामाथि जबरजस्ती चुम्बन गर्न खोज्दा जिब्रोको आधा भाग गुमाउनुपरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३५ वर्षीय ती पुरुष, जो ‘चम्पी’ नामले परिचित छन्, आफ्नी पूर्वप्रेमिकासँग फेरि निकटता बढाउने प्रयासमा थिए।

विवाहको तयारी गरिरहेकी ती महिलाले उनलाई पहिले नै दूरी कायम गर्न चेतावनी दिएकी थिइन्। तर सोमबार दिउँसो पोखरीमा नुहाउँदै गरेकी महिलालाई देखेपछि चम्पी पछ्याउँदै गए र जबरजस्ती अँगालो हालेर चुम्बन गर्न खोजे।

महिलाले प्रतिरोध गरे पनि उनले प्रयास जारी राखेपछि महिलाले आत्मरक्षाका क्रममा उनको जिब्रो जोडले टोकेर आधा भाग काटिदिइन्।

गम्भीर घाइते चम्पी चिच्याउँदै लडेपछि स्थानीयबासिन्दाले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए। अहिले उनको उपचार भइरहेको जनाइएको छ।

प्रहरी उपायुक्त दिनेश त्रिपाठीले घटनाको पुष्टि गर्दै चम्पीविरुद्ध मुद्दा दर्ता भइसकेको जानकारी दिएका छन्। घटना सम्बन्धी थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।