२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रेमीले चुम्बन गर्न खोज्दा युवतीले दाँतले आधा जिब्रो नै काटिदिएपछि…



अ+ अ-

एजेन्सी । भारतको उत्तर प्रदेश, कानपुरमा एक पुरुषले पूर्वप्रेमिकामाथि जबरजस्ती चुम्बन गर्न खोज्दा जिब्रोको आधा भाग गुमाउनुपरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३५ वर्षीय ती पुरुष, जो ‘चम्पी’ नामले परिचित छन्, आफ्नी पूर्वप्रेमिकासँग फेरि निकटता बढाउने प्रयासमा थिए।

विवाहको तयारी गरिरहेकी ती महिलाले उनलाई पहिले नै दूरी कायम गर्न चेतावनी दिएकी थिइन्। तर सोमबार दिउँसो पोखरीमा नुहाउँदै गरेकी महिलालाई देखेपछि चम्पी पछ्याउँदै गए र जबरजस्ती अँगालो हालेर चुम्बन गर्न खोजे।

महिलाले प्रतिरोध गरे पनि उनले प्रयास जारी राखेपछि महिलाले आत्मरक्षाका क्रममा उनको जिब्रो जोडले टोकेर आधा भाग काटिदिइन्।

गम्भीर घाइते चम्पी चिच्याउँदै लडेपछि स्थानीयबासिन्दाले उनलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए। अहिले उनको उपचार भइरहेको जनाइएको छ।

प्रहरी उपायुक्त दिनेश त्रिपाठीले घटनाको पुष्टि गर्दै चम्पीविरुद्ध मुद्दा दर्ता भइसकेको जानकारी दिएका छन्। घटना सम्बन्धी थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।