२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरा विमानस्थलमा झडपपछि उडान अवरुद्ध, विमानस्थल अस्थायी रूपमा बन्द



अ+ अ-

काठमाडौँ । सिमरा विमानस्थलमा एमाले कार्यकर्ता र जेन–जी समूहबीच भएको झडपपछि विमानस्थल बन्द गरिएको छ।

बुद्ध एयरको उडानमार्फत नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा आउने कार्यक्रम भएकै समयमा दुई समूहबीच तनाव चर्किएपछि उडान सञ्चालन रोकिएको हो।

विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार बुद्ध एयरको उडान नम्बर ५५३ मार्फत बिहान ११ बजे दुई नेता सिमरा अवतरण गर्ने तयारी थियो। तर विमानस्थलको मूल गेट नजिक क्यान्टिन आसपासमा नेता स्वागत गर्न भेला भएका एमाले कार्यकर्ता र जेन–जी समूहबीच बोतल हानाहानसमेत भएको झडप भएपछि सुरक्षा अवस्था कमजोर बनेको अधिकारीले बताए।

‘सुरक्षा जोखिम बढेकाले तत्कालका लागि सिमरा विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो,’ उनले बताए। उनका अनुसार विमानस्थल बन्द भएपछि काठमाडौँबाट आउने सबै उडान रोकिनुका साथै नेता पोखरेल र बस्नेतको उडान पनि रद्द भएको छ।

सिमरा विमानस्थलबाट बुद्ध एयरले दैनिक दुईतर्फी १० वटा उडान गर्दै आएको छ। दैनिक करिब ७ सय यात्रु काठमाडौँ, वीरगन्ज र सिमरा ओहोरदोहोर गर्ने यस रुटमा विमानस्थल बन्द हुँदा यात्रु प्रभावित बनेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र आवश्यक कदम चालिएको विमानस्थल कार्यालयले जनाएको छ।