१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबारे प्रधानमन्त्री कार्कीले आज दलहरूसँग छलफल गर्ने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको चुनावका विषयलाई लिएर आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको हो ।

निर्वाचनको वातावरण बनाउनका लागि यसअघि पनि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग भने छलफल गरेकी छैनन् ।