२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबारे प्रधानमन्त्री कार्कीले आज दलहरूसँग छलफल गर्ने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको चुनावका विषयलाई लिएर आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको हो ।

निर्वाचनको वातावरण बनाउनका लागि यसअघि पनि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग भने छलफल गरेकी छैनन् ।