३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकेडेमिया र पाटन फाइनलमा



अ+ अ-

एकेडेमिया र पाटन बहुमुखि क्याम्पस आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । न्यु समिट कलेजको आयोजनामा मुलपानीमा भइरहेको प्रतियोगितामा एकेडेमियाले भक्तपुरलाई २८ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको एकेडेमियाले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय २६ रन बनायो ।

‘म्यान अफ द म्याच’ चिन्तामणि विश्वकर्माले ४० तथा भुवन शाहीले २३ रन बनाए । पूरै ओभरमा ७ विकेट क्षतिमा भक्तपुरले ९८ रन बनायो । सौरभ श्रेष्ठले नटआउट २० रन जोडे ।अर्को सेमिफाइनलमा पाटनले अस्कललाई ४१ रनले हरायो ।

पाटनले १८ ओभरमा १० विकेट गुमाउदै ९३ रन जोड्यो । हिमाल ज्ञवालीले १८ तथा राजु शाहले १७ रन बटुले । अस्कल १३ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटियो । अर्पण अधिकारीले २७ तथा आशिष साउदले १३ स्कोर गरे ।