१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकेडेमिया र पाटन फाइनलमा



अ+ अ-

एकेडेमिया र पाटन बहुमुखि क्याम्पस आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । न्यु समिट कलेजको आयोजनामा मुलपानीमा भइरहेको प्रतियोगितामा एकेडेमियाले भक्तपुरलाई २८ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको एकेडेमियाले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय २६ रन बनायो ।

‘म्यान अफ द म्याच’ चिन्तामणि विश्वकर्माले ४० तथा भुवन शाहीले २३ रन बनाए । पूरै ओभरमा ७ विकेट क्षतिमा भक्तपुरले ९८ रन बनायो । सौरभ श्रेष्ठले नटआउट २० रन जोडे ।अर्को सेमिफाइनलमा पाटनले अस्कललाई ४१ रनले हरायो ।

पाटनले १८ ओभरमा १० विकेट गुमाउदै ९३ रन जोड्यो । हिमाल ज्ञवालीले १८ तथा राजु शाहले १७ रन बटुले । अस्कल १३ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटियो । अर्पण अधिकारीले २७ तथा आशिष साउदले १३ स्कोर गरे ।