१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेईपजिगसंग पराजित हँदा टोटेनहम च्याम्पियन्स लिग बाहिर



अ+ अ-

टोटेनहम हट्रपर च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसंग ३–० ले पराजित हुँदै टोटेनहम प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित जर्मन क्लब जर्मन क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मार्सेल सबित्जरले १० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । २१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।

बेन्चबाट मैदान छिरेका ईमिल फोर्सबर्गले पहिलो टचमै गोल गर्दै ८७ औं मिनेटमा लाईपेजलाई ३–० को जित दिलाएका थिए । सुरुवाती दुवै गोलमा टोटेनहमका गोलकिपर ह्युगो लोरिसले मेहनत गरेका थिए । तर कमजोर डिफेन्सको फाईदा उठाउँदै घरेलु टोलीले २१ मिनेटको अन्तरमा दुई गोल गर्न सफल रह्यो । चोटले बिथोलिएको टोटेनहमले दोस्रो हाफमा सुधारिएको खेल पस्किएको थियो । तर गत सिजन अजाक्सबिरुद्ध निकालेको अप्रत्यासित नतिजा लाईपेजिगसंग दोहरिन सकेन ।

पछिल्लो हारसंगै यससिजन समेत टोटेनहम उपाधि विहिन हुने पक्का भएको छ । जासे माउरिन्होको टिम सबै प्रतियोगितामा पछिल्ला ६ खेलमा जित विहिन छ । आगामी सिजन च्याम्पियनस लिगमा छनोट हुन टोटेनहमले प्रर्दशनमा खास सुधार गर्नुपर्ने चुनौती छ । टोटेनहम प्रिमियर लिगको चौथो स्थानमा रहेको क्लबसंग अझै ७ अंकले पछाडी छ ।