३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेलाई कोरोनाको आशंका !



अ+ अ-

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाईरस संक्रमणको आशंकामा स्वास्थ्य परिक्षण गरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बोरुसिया डर्टमण्डसँगको खेलअघि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो । तर, उनको कोरोना भाईरस नेगेटिभ देखिएको बताईएको छ ।

रुघाखोकी र ज्वरो आएपछि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो । उनी पीएसजीको अभ्यासमा समेत सहभागी भएनन् ।

पीएसजीले घरेलु मैदानमा बुधबार राति डर्टमण्डसँग खेल्दैछ । तर, कोरोनाको कारण खेल दर्शकबिना हुनेछ । पहिलो लेगमा पीएसजी २१ ले पछि रहेको छ । यस सिजन एमबाप्पेले सबै प्रतियोगिताको ३२ खेलमा ३० गोल गरिसकेका छन् ।