२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु



अ+ अ-

गोरखा। गोरखामा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

खेत जोतिरहेको बेलामा प्रदेश २–०३–००१ त २८२७ नम्बरको ट्र्याक्टर अचानक गियर फेल भई पछाडि हट्न पुग्दा बानियाँलाई ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट उहाँको घटनास्थलमा नै मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

ट्र्याक्टरको पछाडि काठको मुढामा बसेर बानियाँले खेत सम्याइरहेका बेला अचानक ट्र्याक्टरको गियर फेल भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी रातामाटेबाट घटनास्थलमा प्रहरीको टोली पुगेको थियो ।

दुर्घटनापछि ट्र्याक्टर चालक ५४ वर्षका धनबहादुर कुमाललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।