७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु



अ+ अ-

गोरखा। गोरखामा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

खेत जोतिरहेको बेलामा प्रदेश २–०३–००१ त २८२७ नम्बरको ट्र्याक्टर अचानक गियर फेल भई पछाडि हट्न पुग्दा बानियाँलाई ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट उहाँको घटनास्थलमा नै मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

ट्र्याक्टरको पछाडि काठको मुढामा बसेर बानियाँले खेत सम्याइरहेका बेला अचानक ट्र्याक्टरको गियर फेल भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी रातामाटेबाट घटनास्थलमा प्रहरीको टोली पुगेको थियो ।

दुर्घटनापछि ट्र्याक्टर चालक ५४ वर्षका धनबहादुर कुमाललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।