१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा



अ+ अ-

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चौथो  अर्धशतक बनाउने मार्टिन गुप्टिल र पाँचौँ अर्धशतक हिर्काउने खेलाडी लोकेश बम भएका छन् । यी दुवै खेलाडी विराटनगर किङ्सका हुन् ।

मार्टिन र लोकेशले आज भएको पोखरा एभेन्जर्सविरूद्धको खेलमा अर्धशतक जोडे । मार्टिनले २८ बलमा अर्धशतक पूरा गरे । ३५ बल खेलेका मार्टिन ६१ रनमा आउट भए ।

यस्तै लोकेश बमले ३७ रनमा अर्धशतक पुर्‍याए ।  ४७ बलमा ७२ रन बनाएर लोकेश पभेलियन फर्किए । लोकेश र मार्टिनले १४६ रनको ओपनिङ साझेदारीसमेत गरे । यसअघि तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा बनेका थिए ।

चितवन राइनोजका अलराउण्डरसमेत रहेका रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा  अर्धशतक प्रहार गरेका हुन् ।

यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर  प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।

पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।