काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नेता नेत्रविक्रम चन्दले निर्वाचनमा सहभागी हुनेगरी दल दर्ता गरेको बताउनुभएको छ ।
निर्वाचन आयोगमा मंगलवार दल दर्ताको प्रमाणपत्र पाएपछि उहाँले निर्वाचनमा भाग लिने बताउनुभएको हो ।
उहाँले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताउनु भयो । नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको उहाँको भनाई छ । उहाँले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरुको सहमतीमा निर्वाचन हुने पनि उल्लेख गर्नुभयो । ढिलोचाँडो निर्वाचन हुने बताउनुहुँदै उहाँले समाजवाद नै आएपनि निर्वाचन हुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाली जनताको सुख, अधिकार, मुक्ति, हाम्रो देशको स्वाधिनताको लागी धेरै उताढतढापपुर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको छ । हामीले सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्धमा विद्रोह गरौँ । हामीले जनताको अधिकारको लागी विभिन्न खालका मोर्चाहरुमा संघर्ष ग¥यौँ र आज । नेकपा माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जानेगरि दर्तामा सहभागी बनेका छौँ । यो एउटा नयाँ अभियान शुरु भएको छ ।’
निर्वाचन आयोगले मंगलवार विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिन्ह भने गुलाव रहेको छ ।










