२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति



file photo
अ+ अ-

काठमाडौँ । गएराति पक्राउ परेका मेडिकल व्यवसायी तथा हालै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना आन्दोलनका अगुवा बनेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरीको दाबी छ।

म्याद थपका लागि मंगलबार उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको हो भन्नेबारे स्पष्ट जानकारी नदिइएको दाबी गरे।

प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिँदै सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनका समर्थकले भने पक्राउको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका छन्।

प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रसाईंलाई ४ दिनसम्म हिरासतमा राखेर कार्य अघि बढाउने जनाएको छ।